तुलसीपुर महोत्सव सफल बनाउन विभिन्न उपसमिति गठन

दाङ  ।  तुलसीपुर महोत्सवलाई भव्य रुपमा सफल बनाउनका लागि विभिन्न उपसमितिहरू गठन गरिएको छ ।   महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गरेको हो । 

जस अन्तर्गत सचिवालय व्यवस्थापन समितिको संयोजकमा प्रेम प्रकाश गिरी, आर्थिक समितिको संयोजकमा तेज बिक्रम घर्ती, सञ्चार समितिको संयोजकमा ओपेन्द्र बस्नेत, शान्ति सुरक्षा  व्यवस्थापन समितिका संयोजक ऋषिराज भण्डारी, सांस्कृतिक समितिको संयोजकमा सन्तोष खड्का, बाल उद्यान समितिको संयोजकमा मञ्जित पुन, टिकट व्यवस्थापन समितिको संयोजकमा निर्मल पौडेल, व्याज, अतिथि सत्कार समितिको संयोजकमा वेणु अधिकारी, झाँकी तथा -याली व्यवस्थापन समितिको संयोजकमा लोकेन्द्र वली, यातायात व्यवस्थापन समितिको संयोजकमा प्रेम बहादुर बाँठा, सरसफाइ समितिको संयोजकमा चक्र नेपाली, स्वास्थ्य समितिको संयोजकमा भागवत कमलापुरी, खानेपानी तथा विद्युत समितिको संयोजकमा सुमन गिरी,  अतिथि तथा सत्कार समितिको संयोजकमा पदम पोख्रेल, आवास तथा भोजनालय व्यवस्थापन समितिको संयोजकमा कर्णबहादुर डाँगी र मञ्च व्यवस्थापन समितिको संयोजकमा दुर्गा प्रसाद शर्मा रहेका छन् । 

कृषि, पर्यटन, व्यापार औद्योगिक क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा पुस १ गतेदेखि १२ गतेसम्म तुलसीपुर महोत्सव सञ्चालन हुन लागेको सञ्चार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए । 

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस