बबईमा १५ बेडको पुरन्धारा अस्पतालको निर्माण प्रक्रिया सुरु

दाङ । बबई गाउँपालिकामा १५ बेडको पुरन्धारा अस्पतालको निर्माण प्रक्रिया सुरु भएको छ । निर्माण कार्यको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, वडा अध्यक्ष नन्दलाल वलीले शिलान्यास गरी सुरु गरेका हुन् ।
सबै स्थानीय तहमा १५ बेडका अस्पताल निर्माण गर्ने संघीय सरकारको लक्ष्य अनुसार गाउँपालिकाको वडा नम्बर ३ हंसपुरमा अस्पताल निर्माण प्रक्रिया सुरु भएको हो । गाउँपालिका मार्फत निर्माण हुने अस्पतालको प्रतिष्ठा र क्षितिज र ज्ञानज्योति जेभिले जिम्मा लिएको छ ।
निर्माण कम्पनीले २०७८ साल जेठ महिनामा सम्झौता गरेको थियो । निर्माण कम्पनीले २०८० सालको जेठ महिनासम्म अस्पताल निर्माण गरेर हस्तान्तरण गर्ने सम्झौता रहेको गाउँपालिका प्राविधिक शाखाका प्रमुख इन्जिनियर राजेश देवकोटाले जानकारी दिए । अस्पतालको भवन निर्माणका लागि कम्पनीले भ्याटसहित ११ करोड ९८ लाख रुपैयाँमा सम्झौता गरेको छ ।