कृषि उपज संकलनका लागि सामाग्री हस्तान्तरण
गढवा । गढवामा कृषि उपज संकलन तथा भण्डारणका लागि एक कार्यक्रमका बिच मञ्जरी महिला साना किसान सहकारी संस्थालाई भलण्डै साढे चारलाख बराबरका सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल कृषि सहकारी संस्था र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र ले संयुक्त रुपमा किसानले उत्पादन गरेका सामाग्री संकलन र बजारिकरणलाई सहयोग गर्ने उद्देश्य अनुरुप चाढे चारलाख बराबरका चिलीङ डि फ्रिज तथा सोलारसहित आवश्यक सामाग्री हस्तान्तरण गरिएको बताईएको छ ।
मञ्जरी महिला साना किसान सहकारी संस्थाका अध्यक्ष सिता चौधरीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा बिहिवार भएको कार्यक्रममा अध्यक्ष यादवद्धारा किसानहरुको सहकारीलाई सामान हस्तान्तरण गरिएको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा बोलदै अध्यक्ष यादवले नेपाल कृषि सहकारी संस्था र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले किसानहरुको उत्पादन संकलन र बजारीकरणका लागि सहयोग गरेकोमा दुबै संस्थाहरुलाई धन्यवाद ज्ञापन गरे । किसानको उत्पादन र तरकारी बजारीकरणमा समेत सहयोग गर्न उनले आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाल कृषि सहकारी संस्थाका महाप्रबन्धक रुद्र भट्टराईले गढवा क्षेत्रको मञ्जरी महिला सानाकिसान सहकारीसँग समन्वय र सहकार्य गर्दै किसानहरुको जिविकोपार्जन र ब्यवसायिकरणलाई आफ्नो संस्थाले हरदम सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । नेपाल कृषि सहकारी संस्थाले किसानहरुलाई तरकारी उत्पादन, मासु तथा दुग्दजन्य पदार्थ उत्पादनमा टेवा पुग्ने गरि सस्तो ब्याजमा घुम्तिकोषका लागि १४ लाख लगानी गरेको बताए ।
आत्मनिर्भर सेवा केन्द्र र नेपाल कृषि सहकारी संस्थाले सो सहकारी मार्फत भूमी, कृषि र जिविकोपार्जनको क्षेत्रमा सहयोग गर्दै आईरहेको कार्यक्रममा बोल्दै सेवा केन्द्रका प्रतिनिधि सुनिल चौधरीले बताए । यसअघि मञ्जरी महिला साना किसान सहकारी संस्थाको भवन निर्माणका लागि कृषि ब्यवसायी प्रबर्धन तथा तालिम केन्द्र खजुरा बाँके ले ८ लाख ५० हजार भवन निर्माणका लागि सहयोग गरेको र सोही रकम तथा सहकारीको थप लगानीबाट संस्थाले भवन निर्माण गरि कृषि उपज संकलन केन्द्र समेत संचालनमा ल्याएको संस्थाका अध्यक्ष सिता चौधरीले जानकारी दिए । सहकारीका शेयर सदस्य शान्ती चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको सामागी हस्तान्तरण कार्यक्रमको संचालन संस्थाका ब्यवस्थापक संझना चौधरीले गरिकी थिइन् ।