सल्यानमा नाच हेर्न गएका युवा मृत भेटिए

सल्यान । सल्यानमा एक युवा मृत फेला परेका छन् । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका ६ निवासी अन्दाजी १६ वर्षीय टेकबहादुर बोहराको शव कपुरकोट ५ ओखरपाटा भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुधवार साथीहरूसँग बिहेमा नाच हेर्न गएका उनी घर नफर्किएपछि मृतकका परिवारले प्रहरीलाई खबर गरेको थिए । प्रहरी र स्थानीयले खोज तलास गर्ने क्रममा बिहीबार दिउँसो ओखरपाटाको भिरमा करिब ५० मिटर तल बारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम यादवले जानकारी दिएका छन ।
घटनाको बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस