इन्सेकद्वारा अन्तरक्रिया

दाङ । मानवअधिकार क्षेत्रमा काम गर्दै आएको संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका बारेमा दाङको घोराहीमा अन्तरक्रिया गरेको छ । घोराही उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, खाद्य र अवासमा दिइरहेको सेवाका बारेमा सरोकारवालासँग अन्तरक्रिया गरेको हो । मानव अधिकार निगरानी समूह दाङका अध्यक्ष लौटन चौधरीको अध्यक्षता तथा घोराही ७ का वडाध्यक्ष खोपीराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रम सहभागीहरुले विशेषत सरकारले ल्याएको स्वास्थ्य बीमाका बारेमा अनविज्ञता प्रकट गरेका थिए । सरकारले बीमाका लागि सहजकर्ता खटाएपनि आफ्नो घरसम्म नपुगेको सहभागीहरुको गुनासो थियो । यस्तै स्थानीय सरकारले शिक्षा, अवास, खाद्यमा प्रभावकारी नियमण गर्न नसकेको बताएका थिए ।

कार्यक्रममा आफ्नो भनाई राख्दै घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यसका बारेमा थप जानकारी लिने बताए । घोराही उपमहानगरले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना गरेर नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पु¥याएको पनि उनको भनाई थियो ।

यस्तै घोराही शिक्षा शाखाका घनश्याम वलीले शिक्षामा सबैभन्दा बढी बेथिति भएको बताए । उनले शिक्षामा अनुगमण हुन नसकेको भन्दै यसले थप बेथिति बढाएको जिकिर गरे । वलीले शिक्षामा सरकारले लगानी कम हुँदा धेरै काम अधुरै रहेको पनि बताए । कार्यक्रमका प्रमुख अथिति घोराही ७ का वडाध्यक्ष चौधरीले घोराही उपमहानगरले शिक्षा, स्वास्थ्य, अवास, खाद्यका बारेमा पूर्ण काम गर्न नसकेपनि उपमहानगरले भ्याएसम्म काम गरेको जिकिर गरे । स्वास्थ्यका क्षेत्रमा एक वडा एक स्वास्थ्य केन्द्र स्थापना गरेको बताऐ ।

त्यस्तै आवसरमा अबको एक वर्षभित्रैमा सबै घर फुसको छाना मुक्त हुने पनि जिकिर गरे । खाद्यका क्षेत्रमा अनुगमण गर्दै केहिलाई कार्वाहीको दायरमा ल्याएको उनले जनकारी दिए । मानव अधिकार निगरानी समूह दाङका उपाध्यक्ष अम्बिका गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा इन्सेका सहजकर्ता विनोद केसीले विषय प्रवेशबाट गराएका थिए । कार्यक्रमको सहजीकरण मानव अधिकार निगरानी समुह दाङका सचिव प्रकाशचन्द घिमिरीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस