धर्मशाला तत्काल संचालन गर्न जग्गादाताको माग

दाङ । घोराहीमा रहेको कल्पु धर्मशालाको नयाँ संचालक समिति गठन गरी धर्मशाला संचालन गर्न जग्गादाताहरुले माग गरेका छन् । आज (बुधबार) घोराहीमा जंग्गादाताहरुले पत्रकार सम्मेलनको आयोजना गरी बन्द रहेको धर्मशाला तत्काल संचालन गर्न स्थानीय निकाय सँग माग गरेका हुन । तीन दिनभित्र नयाँ संचालक समिति गठन गरी संचालन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जंग्गादाताहरु (गुरुवा थारु) का नाति फूलमान चौधरी र .(रामधिरज वनिया) का छोरा बसन्त गुप्ताले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएका हुन । अन्यथा कुनै सामप्रदायिक दंङ्गा भएमा त्यसको जिम्मा घोराही उपमहानगरपालिका र कसौधन विरादरी समाजले लिनु पर्ने पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ ।

गत असोज ६ गते घोराही उपमहानगरपालिकाको कार्यपालिका बैठकले कल्पुधर्मशाला कसौधन विरादरी समाजलाई मात्र संचालन गर्ने अनुमति दिएपछि त्यसको सर्वत्रबिरोध हुँदै आएको छ । बिरोध स्वरुप घोराहीमा रहेका मधेसी, मुस्लिम, दलित, आमा समूहलगायतका विभिन्न संघ संस्थाहरुले तालाबन्दी गर्दै आएका छन ।

कल्पुधर्मशाला कुनै जातधर्म, विशेषको नभई समग्र घोराही उपमहानगरपालिको सार्वजनिक सम्पति भएको बताउँदै त्यसको नेत्रित्व पनि साझा बनाउनु पर्ने माग राखेका छन् । स्थानीय स्वयतशासन ऐन २०७४ अनुसार घोराही उपमहानगरपालिका वडा नं. १४ ले नयाँ कार्यसमिति तीन दिन भित्र चयन गरी छिटो भन्दा छिटो संचालन गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस