महोत्सवको तयारी तिव्र

दाङ । दाङको तुलसीपुरमा संचालन हुन लागेको महोत्सवको तयारी तिव्र पारिएको छ । तुलसीपुर चेम्वर अफ कर्मसको आयोजनामा स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार भन्ने उद्देश्यका साथ आउँदो पौष १ गतेदेखि १२ गतेसम्म संचालन हुन लागेको तुलसीपुर महोत्सव २०७८ को तयारी तिव्र भईरहेको आयोजकले जानकारी दिएको छ । सचिवालय उपसमितिले मंगलबार महोत्सव स्थलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको थियो ।

चेम्वर तुलसीपुरका महासचिव तथा सचिवालय उपसमितिका संयोजक प्रेमप्रकास गिरीले प्रमुख अतिथि ल्याउने बारे छलफल, व्यापक प्रचारप्रसार, महोत्सव स्थल व्यवस्थित बनाउने निर्माणलगायतका कामहरु पनि भईरहेको जानकारी दिए । सोहि अवसरमा तुलसीपुर चेम्वरका सचिव तथा महोत्सव आयोजक शान्ती सुरक्षा तथा स्वयमसेवक उपसमितिका संयोजक ऋषि भण्डारीले विवादरहित ढङगले महोत्सव संचालन गर्ने तयारी गरेपनि तुलसीपुर क्षेत्रका फेन्सी व्यवसायीले विभिन्न कारण देखाउँदै सम्वाद र समझदारीका साथ अघि बढ्ने बताए ।

स्टल व्यवस्थापन उपसमितिका संयोजक युवराज नेपालीले अहिलेसम्म फेन्सी पसल बाहेक अन्य १३० वटा स्टल बुकिङ भईसकेको र हुने क्रम अझै जारी रहेको जानकारी दिए । फेन्सी पसल बुकिङका लागि पनि बाहिरी क्षेत्रबाट माग भईरहेको जानकारी दिदै स्थानीय फेन्सी व्यवसायीलाई प्राथमिकता दिने गरी अहिलेसम्म झन्डै दुई सय फेन्सी व्यापारीहरुको बुकिङ होल्डिङमा राखीएको उनले बताए । मंसिर २५ गतेसम्म स्थानीय फेन्सी व्यापारीले स्टल बुकिङ नगरे बाहिरका व्यापारीको बुकिङ सुरु गर्ने जानकारी दिए ।

तुलसीपुर चेम्वर अफ कर्मसका उपाध्यक्ष रेणु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा तिन लाख दर्शकले महोत्सव अवलोकन गर्ने र पाँच करोडको आर्थिक कारोवार गर्ने लक्ष्य रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस