महिला स्वास्थ्य स्वयंसेविका दिवस

गढवा । गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र आम्दा नेपाल मातृ शिसु स्वास्थ्य परियोजना तथा महिला स्वास्थ्य स्वयंसेविका सञ्जालको समन्वय सहकार्यमा १८औं महिला स्वास्थ्य स्वयंसेविका दिवस गढवाका सबै वडाहरुमा मनाईएको छ । गढवा स्वास्थ्य चौकी, गंगापरस्पुर स्वास्थ्य चौकी, गोबरडिहा स्वास्थ्य चौकी र कोइलाबासको स्वास्थ्य चौकी गरि चारवटै स्वास्थ्य चौकीहरुमा कार्यक्रम सम्पन्न भएको स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिए ।
गाउँपालिकाभरका ८३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्थानीय बजारमा मार्चपाससहित कोणसभा गरेर दिवस मनाएका हुन । सो अवसरमा गाउँपालिकाका ८ वटै वडाहरुबाट एक÷एक जना गरि आठ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दोसल्ला ओढाएर सम्मान–पत्रले सम्मान गरिएको छ । सम्मानित हुने महिला स्वास्थ्य स्वयंसेविकाहरुमा वडा नं.१ चन्द्रा कुमाल, वडा नं. २ बाट लक्ष्मी चौधरी, वडा नं. ३ बाट योगमाया अधिकारी, वडा नं. ४ का पुष्पा चौधरी, वडानं. ५ का भगवती सिंह ठकूरी,वडा नं.६ का खिमा भण्डारी, वडा नं. ७ का बिष्णु घर्ति र वडा नं. ८ बाट सबनम खातुन रहेको थियो ।