२०८० असोज ५ गते शुक्रवार

गढवाका बिभिन्न वडाहरुमा लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान जारी

गढवा । गढवा गाउँपालिकाका विभिन्न वडाहरुमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन भैरहेको गाउँपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ । गत मंसिर ९ का दिन गढवा बजारमा मार्चपाससहित दिप प्रज्ज्वलन गरी उद्घाटन गरिएको कार्यक्रम वडा स्तरमा संचालन भैरहेको बताइएको छ ।

जस अनुसार बिद्यालयहरुमा बक्तृत्वकला तथा वडा स्तरमा अन्तरक्रिया तथा कानूनी अभिमुखिकरण गर्दैै कार्यक्रमले तिब्रता लिएको गाउँपालिकाले जनाएको छ । बिद्यालय स्तरको बक्तृत्वकला सरस्वती माध्यमिक बिद्यालय गोबरडिहा, जनता मात्तयमिक बिद्यालय कालाकाटेमा सम्पन्न भै सकेको छ भने गढवा स्थित जनता माबिमा मंसिर २१ ग्ते आयोजना गरिएको छ ।

त्यसैगरि सिपी नेपाल, मञ्जरी साना किसान सहकारी संस्था, हिमाल महिला सहकारी र स्वान नेपालको समन्वय सहकार्यमा सिपी हलमा आइतवार वडा नं. ४ र ५ को कानूनी अभिमुखिकरण सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन उपाध्यक्ष शान्ती चौधरीले गरेकी थिइन् । त्यसैगरी वडा नं. १ म धानखोला कृषि सहकारी संस्था र सामुदायिक स्रोत ब्यवस्थापन केन्द्रको समन्वय सहकार्यमा लैंगिक हिंसा बिरुद्धको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ भने गढवा ८ कोइलाबासमा शान्ती पुर्नस्थापना गृहको सहआयोजना र समन्वयमा वडा कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी सोमवारका दिन दक्षिण देउखुरी अधिकार मञ्चको आयोजना र गढवा गाउँपालिकाको आर्थिक सहयोगमा वडानं. २ र ३ मा लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय कार्यक्रम अन्तर्गत अन्तरक्रिया र कानूनी सचेतना गरि मनाइएको छ । दक्षिण देउखुरी अधिकार मञ्चका सित कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले गरेकी थिइन् । कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष तुलसीराम अधिकारी र वडा सदस्य छुकान चौधरी र शान्ती पुर्नस्थापना गृह कोइलाबासका सुपरवाइजर कैलासु रानालगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै उपाध्यक्ष शान्ती चौधरीले राजनितिक, आर्थिक, सामाजिक र घरेलु हिंसा अन्त्य गर्न घरबाटै सुरु गर्नुपर्ने बताइन् ।

त्यस्तै मंसिर २१ गतेका दिन जनता माबि गढवामा अन्तर बिद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता गरिने भएको छ भने वडा नं. ६ र ७ मा रेडक्रस, सामुदायिक पुस्तकालय र नवस्वर्गद्धारी महिला सहकारीको समन्वय सहकार्यमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । वडा स्तरका सबै कार्यक्रमहरु सकिए पछि सबै संघसंस्था र गाउँपालिकाको संयुक्त आयोजनामा पुरस्कार वितरण,सम्मान र अन्तरक्रिया गरि मंसिर २४ का दिन गाउँपालिकाको सभाहलमा कार्यक्रमको समापन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार
प्रतिक्रिया दिनुहोस