तुलसीपुरमा प्रादेशिक फेस्टिबल महोत्सव हुँदै

दाङ । तुलसीपुरमा यहीँ मंसिर २३ गतेदेखि प्रादेशिक महोत्सव हुने भएको छ । चन्द्र सुर्य यातायात प्रालिले प्रथम प्रादेशिक फेस्टिबल नाम दिएर महोत्सव गर्न लागेको हो । प्रालिले आज पत्रकार सम्मेलनगरी पर्यटन प्रवद्धनका लागि महोत्सव गर्न लागेको जानकारी दिए ।

महोसत्व मूल आयोजक कमिटीका संयोजक सम्भु रेग्मीले दाङको पर्यटन प्रवद्धनका लागि महोत्सव आयोजना गर्न लागेको बताए । उनका अनुसार महोत्सव संचालनका लागि जिल्ला प्रशासन कार्यालय दाङले अनुमति समेत दिएका जानकारी दिए । महोत्ससवमा व्यापारीका प्रयोजनका लागि विभिन्न स्टल राखिने छ । महोत्सव अवधीभर प्याराग्लाइडीङको मनोरञ्जनको व्यवूथा समेत गरिएको महोत्सवका प्रचारप्रसार संयोजक गणेश आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार महोत्सवमा बद्री पंगेनीलगायतका राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिने छन् । महोत्सव तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बरुवागाउँमा संचालन हुनेछ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस