खोज रफ्तार डट कम दोस्रो वर्षमा प्रवेश

दाङ । दाङको घोराहीबाट सञ्चालित खोज रफ्तार डट कम दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल मंसिर १४ देखि आफ्नो औपचारिक रुपमा गतिविधि प्रारम्भ गरेको खोज रफ्तार डट कमले पहिलो बर्ष पूरा गरेर दोस्रोे बर्षमा प्रवेश गरेको हो । संबिधानमा उल्लेख भएका अधिकारलाई जनतासम्म पु¥याई उनीहरुलाई आफ्ना अधिकारका वारेमा जानकारी गराई अधिकार सम्पन्न गराउने र आवाज विहीन नागरिकहरुका आवाज बोल्ने उद्देश्यका सर्वप्रिय मिडिया हाउस प्रालिले खोज रफ्तार डट कम सञ्चालन गरेको हो ।

डिजिटल अन्लाईन खोज रफ्तार डट कमले आवाज विहीनका आवाज बोल्नुका साथै नागरिकलाई शुसुचित र खबरदारी गर्ने काम गरिरहेको सर्वप्रिय मिडिया हाउस प्रालिका अध्यक्ष हेमराज नेपाली परिवर्तनले जानकारी दिए । अहिलेको परिबेशमा नागरिकहरु निरन्तर सूचना प्राप्त गर्न चाहाने र यसका लागि सबैभन्दा छिटो, छरितो र भरपर्दाे माध्यम अन्लाईन भएको उनको भनाई छ ।

देशभर कोरोना भाइरसको जोखिम कायमै रहेकाले बार्षिक उत्सवको अबशरमा औपचारिक कार्यक्रमको आयोजना नगरिएको उनले जानकारी दिए । उनले खोज रफ्तार डट कम परिवार बसेर एक बर्षको अबधिमा गरेका कार्यहरुको समिक्षासहित आगामी योजनाका बारेमा छलफल गर्ने बिशेष कार्यक्रमको आयोजना गरिए पनि औपचारिक कार्यक्रम भने नगरिएको जानकारी दिए ।

खोज रफ्तार डट कमले स्थानीय पर्यटन प्रर्वद्धनलाई प्राथामिकतामा राख्दै आर्थिक उपार्जनबाट नै समृद्धि हाँसिल गर्न सकिन्छ भनेर पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकूद, कला, साहित्यलगायत बिभिन्न क्षेत्रलाई समेटेर समाचार तथा लेखरचना र फोटोहरु प्रकाशन गर्दै आएको छ । साथै पहिलो बार्षिकोत्सवको अबशरमा यहाँसम्म आउन सहयोग गर्ने सरोकारवाला सबैप्रति हार्दिक आभार प्रकट गरिएको खोज रफ्तार डट कमले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस