दाङमा एक पुरुष मृत फेला

देउखुरी । दाङमा एक जनाको शव फेला परेको छ । लमही नगरपालिका ५ स्थित राजमार्गको उत्तर किनारमा एक ग्यारेजको पेटिमा पुरुष व्यक्तिको शव फेला परेको वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुरान मल्लले जानकारी दिए ।

मृत भेटिएका व्यक्तिको सनाखत हुन सकेको छैन । अन्दाजी ३६÷३७ बर्ष उमेरको शव भेटिएको हो । नाम, ठेगाना खुल्न सकेको छैन । मृत्यु हुनुको कारण पनि खुलेको छैन ।

शवलाइ लमही अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस