जाजरकोटमा बस दुर्घटना, ५ को मृत्यु, २७ घाइते

जाजरकोट । जाजरकोटमा राती बस दुर्घटना भएको छ । बस दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

नेपालगन्जदेखि जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस