ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

बुटवल । रुपन्देहीको भैरहवामा शनिबार ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेली चोकमा मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्गजाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गितानाथ खनालसहित उनका १३ वर्षीय छोरा सुदिपको मृत्यु भएको हो ।
बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले उनीहरु सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्याय रुपन्देहीले जनाएको छ । दुर्घनापछि घाइते भएका उनीहरुलाई यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो । अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो ।
प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस