गरिब दुःखीको साहारा बन्दै स्थानीय सरकार

दाङ । कहिले पञ्चायत कहिले द्धन्दकाल त कहिले सामान्तीबादी तनाब भोगेका आम नेपालीहरुले संघीयताको सुरुवातसँगै केहि राहत पाएको महसुस गरेका छन् । स्थानीय तहहरुले अहिले गरिव दुःखीहरुका लागि बिभिन्न कार्यक्रमहरु, बिभिन्न योजनाहरु सार्वजनिक गर्दै उनीहरुको सर्वाङ्गीण बिकासका लागि कामहरु गर्दै आईरहेका छन् । स्थानीय तहहरु सँगै यतिबेला निजी संघसंस्थाहरु पनि गरिब दुःखीहरुको समस्या समाधान गर्नका लागि अग्रसर भएको देखिन्छ । गरिब दुःखीहरुका लागि आयमूलक बिभिन्न किसिमका तालिमहरु स्थानीय तहहरुले बर्षेनी दिएको तथ्याङ्क बिभिन्न वडा कार्यालयहरुमा रहेका छन् ।

महिला हिंसा, छुवाछुत लगाएका कैयौ घटनाहरु स्थानीय सरकारले हल गर्दै आईरहेका छन् । २०७३ सालको तथ्याङ्क र अहिले आएर २०७८ सालको तथ्याङ्क हेर्ने हो भने स्थानीय तहहरुले महिला हिंसा, छुवाछुत लगायतका विषयमा गाउँ–गाउँमा जनचेतना फैलाउँदै सबै निर्मुल पारिसकेको देख्न सकिन्छ । हालै तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले बिगत लामो समयदेखि प्रसवपीडाले ग्रस्त भएकी तुलसीपुर १८ मनिकापुरकी निर्मला परियारको उपचारमा देखाएको भूमिकाले स्थानीय तहहरु कत्तिको अग्रसर छन् भन्ने कुरा प्रष्ट पार्दछ । निर्मला बिगत ३÷४ महिनादेखि बिरामी भई थला परिरहेको कुरा वडा कार्यालयले थाहा पाउने बित्तिकै उनको उपचारका लागि आवश्यक गृहकार्य गरिएको थियो ।

नेपालगन्ज उपचारका लागि भर्ना गर्दै उनलाई चाहिने रगत लगायतका अन्य उपचारका विषयमा निरन्तर अस्पताल सँग समन्वय गर्दै वडाले उनको ज्यान बचाउन हरसम्मको प्रयास गरिरहँदा पनि उनले अल्पायुमा नै आफ्नो ज्यान गुमाइन् । निम्न आयस्तर भएकी निर्मलाको श्रीमान समशेर नेपाली अहिलेपनि पिडामा छन् । हिजो वडा नं. १८ का वडा अध्यक्ष माधव वलीको पहलमा दलित महिला संघ तुलसीपुरको सहयोगमा केहि खाद्य सामाग्री वितरण गर्दै उनीहरुको पिडाको साथी भएको महसुस भएको वडा अध्यक्ष माधव वलीले बताए । वडा सदस्य धनबहादुर बस्नेत दलित महिला संघ तुलसीपुरकी प्रतिनिधि लगायतको टिमले हिजो अनौपचारिक कार्यक्रमका बिच उक्त राहत समाग्री सहयोग गरेको थियो ।

उक्त कार्यक्रममा यसरी हरेक गरिब दुःखीहरुको घरघरमा पुग्ने स्थानीय सरकारले आगामी दिनहरुमा पनि यसैगरी सबैको पहुँचमा आफ्नो काम र कर्तव्यलाई अगाडी बढाउँदै जाने तुलसीपुर १८ का वडा सदस्य बस्नेतले प्रतिबद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस