कोभिड प्रभावितलाई कृषि यान्त्रीकरणमा सहयोग गर्दै शिसा

गढवा । बैदेशिक रोजगारीमा गै कोभिड प्रभावित भएर बेरोजगार भएर स्वादेश फर्किएका एकसय जना युवाहरुलाई सिसा परियोजनाले उद्यम बिकासका लागि कृषि यन्त्रमा सहयोग गर्ने भएको छ । दाङ, बाँके, बर्दिया, कैलालि र कञ्चनपुर गरि पाँच जिल्लाबाट छनोट गरिएका एकसय युवाहरुलाई उद्यम बिकासमा प्रेरित गर्न यो कार्यक्रम संचालन गरिएको शिसा परियोजनाका इन्जीनियर ज्योति राइले जानकारी दिइन् ।

जस अनुसार दाङ जिल्लाबाट पाँच जना युवाहरुलाई कृषि यान्त्रिकरण उद्यमबाट पे्ररित गर्न थालिएको छ । स्थानीय सरकारसंग समन्वय गरेर कष्टम हायरिङ सेण्टरसंग पहुँच बढाउन मद्दत गरेको परियोजनाले जनाएको छ । युवाहरुलाई कृषि उद्यम बिकासतर्फ प्रेरित गर्न सस्तो ब्याजमा कृषि ऋण उपलब्ध गराउन बैंकहरुसंग सहजीकरण पनि गर्दै आएको परियोजनाका लेखनाथ अधिकारीले जानकारी दिए । परियोजना मार्फत बाली कटानका लागि समेत ५० प्रतिशत अनुदानमा किसानहरुलाई सहयोग गर्दै आएको उनले बताए ।

गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको गाउँपालिका तथा कृषि यन्त्र ब्यवसायिहरुको बिच भएको अन्तरक्रिया तथा समन्वय बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, कृषि शाखाका प्रमुख कर्ताराम यादव, बिषयगत शाखाका प्रमुख र केहि जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण शिसा परियोजनाका जंगबहादुर गुरुङ र ओंम प्रकाश चौधरीले गरेका थिए । परियोजनाले चालु अर्थिक बर्षदेखि नवलपरासी जिल्लामा पनि कार्यक्रम सुरुवात गर्न थालीएको कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस