राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द गरेर सडकको स्तरउन्नती काम गरिदै

दाङ । राप्ती राजमार्ग अन्र्तगत दाङ सल्यान सडक खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । उक्त सडक मंसिर ७ गतेदेखि २१ गतेसम्म दैनिक ८ घण्टा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना प्रकाशित गर्दै दाङ सल्यान सडक खण्ड अन्तरगत राम्री चोरखोला सडक स्तरोन्नति गर्नु पर्ने भएकाले १५ दिनसम्म दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो ११ बजेदेखि ३ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सवारी साधनको आवागमन बन्द रहने जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस