आत्मनिर्भर बनाउने अभियानमा सफल हुँदै छौं : नगरप्रमुख पाण्डे

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जनतालाई स्वरोजगार वनाउनका लागि स्थानीय सरकारले विभिन्न परियोजना सञ्चालन गरेको वताए । हातमा सीप नभएकालाई सीप सिकाएर व्यवसाय सञ्चालनका लागि उपकरण समेत सहयोग गरिएको उनको भनाई थियो । उपमहानगरपालिकाको साझेदारीमा तुलसीपुर मेट्रो कलेजले सञ्चालन गरेको ३ महिने व्युटिपार्लर तालिमका सहभागीहरुलाई व्यवसाय सञ्चालनका लागि सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले गत आर्थिक वर्षमा ५ सय वढिलाई आत्मनिर्भर वनाएको दावी गरे ।

‘हाम्रो पहलमा गाउँगाउँमा चप्पल उद्योग खुलेका छन्, खेर जाने बाँस र चोयाका सामग्री वनेका छन् , अहिलेको आवश्यकतालाई सम्बोधन गर्ने खालका तालिम दिएका छौं’ उनले भने । कार्यक्रममा बोल्दै तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले व्यवसाय प्रवद्र्धनमा पनि कलेजले सहयोग गर्ने वताए । ‘तपाईहरुले राम्रो गर्नुभयो भने अर्को चरणको तालिम दिएर थप सहयोग गर्नेछौ’ उनले भने ।

सो अवसरमा वडाध्यक्ष सुर्यबहादुर डाँगी, ग्रिन फाउन्डेसका सुरेश रावत। प्रशिक्षक शोभा शर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस