जन्म दिनको अवसरमा महिला नेतृ सिद्धिकिद्धारा पोसाक बितरण

घोराहि । नेकपा एमालेकि नेतृ तथा अनमसंघ दाङकि सचिव साजिदा सिद्धिकिले आफ्नो जन्मदिनको अवसरमा पोसाक बितरण गरेर मनाएकि छिन । उनले आफ्नो जन्मदिनको दिनमा अति बिपन्न परीवारका १० जना महिलाहरुलाई १/१ सेट पोसाक दिएर मनाएकि हुन । आफुले समाजमा काम गर्दा बिभिन्न किसिमका समस्यामा परेका मानिसहरु देखेको हुनाले जन्मदिनमा पोसाक बितरण गर्ने काम गरेको नेतृ तथा समाजसेबि सिद्धिकिले बताइन ।


कोभिडको समयमा धेरै मानिसहरुले रोजगारी गुमाएर साझँ बिहानको छाक समेत टार्न सकेका थियनन् भने एक सरो कपडा लगाउन पनि धौ धौ परेको अबस्थामा सिद्धिकिले पोसाक बितरण गरेकि हुन । आज आफ्नो ४० औ जन्म जयन्तिको अवसरमा बिपन्न परीवारका महिलाहरु संग आपसमा खुसि साट्दै नेतृ सिद्धिकिले आगामि दिनमा निस्वार्थ भावनासंगै समाजसेवा लाग्ने बताईन । साथै उनलाई उपस्थित सबैजनाले आगामि राजनितिक यात्रा सफल रहोस भनि शुभकामना समेत दिएका थिय ।


२० बर्ष देखि सामाजिक कार्य गर्दै आएकि सिद्धिकि पछिल्लो समय राजनितिमा पनि अब्बल साबित गर्न सफल हुनुभएको छ । नेतृ सिद्धिदि मुस्लिम इत्तेहाद संगठन केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनि प्रदेश सह संयोजकको भुमिकामा रहि काम गर्नै आएकि छिन भने अनेम संघ दाङकि सचिव , नेपाल पुलिस स्कुलकि अभिभावक समितिकि अध्यक्ष लगायत बिभिन्न संघसंस्थामा आबद्ध रहेकि सिद्धिकि सामाजिक कार्यमा पनि निरन्तर काम गर्दै आएकि छिन । नेतृ सिद्धिकि निकै संघर्षशिल महिलाको रुपमा पनि चिनिएकि छिन ।