वालबिवाह अन्त्य गर्न र सेफ हाउस संचालन गर्न निर्देशिका हस्तान्तरण
गढवा । गढवा गाउँपालिकाको आयोजना र स्वान नेपाल तथा जुरी नेपालको प्राबिधिक सहयोगमा बिहीवार वाल बिवाह अन्त्य सम्बन्धी रणनितीक योजना तर्जुमा तथा हिंसापिडीतका लागि सुरक्षित आवास (सेफ हाउस) संचालन निर्देशिकाका विषयमा परामर्श तथा अन्तरक्रिया सम्पन्न भएको छ । एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई जुरी नेपाल र स्वान नेपालले वालविवाह अन्त्य र सेफ हाउस संचालन सम्बन्धि निर्देशिका हस्तान्तरण गरेको हो ।
गढवा गाउँपालिकालाई आगामी १० बर्षभित्र वालबिवाह अन्त्य भएको गाउँपालिका घोषणा गर्न बिभिन्न शुच्छ्म योजनाहरु उक्त निर्देशिकामा समावेश गरिएको छ । जुरी नेपाल र स्वान नेपालको प्राबिधिक सहयोगमा तयार गरिएका उक्त दुबै निर्देशीका उपर कार्यक्रममा ब्यापक छलफल गरिएको गाउँपालिका महिला तथा वालवालीका शाखाले जनाएको छ ।
कार्यक्रममा हिंसा पिडितहरुका लागि सुरक्षित आवास स्थापना र संचालन सम्बन्धि निर्देशिकामा पनि ब्यापक छलफल गरिएको र आगामी बर्षदेखि सुरक्षित आवास (सेफ हाउस) संचालनको रणनीति कार्यान्वयन गर्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा जुरी नेपालका अधिबक्ताहरु विष्णु पोखे्रल र वालमाया बिशवकर्माले दुबै निर्दैशिकाको बारेमा प्रशिक्षण दिए । गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको बिषय प्रबेश तथा स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वान नेपालका कार्यक्रम संयोजक रेवन्त चौधरीले गरेका थिए ।