दंगीशरण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खड्का

दंगीशरण । दाङ दंगीशरण गाउँपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर खड्कालाई स्वागत गरिएको छ । बुधवार गाउँपालिकाको सभाहलमा भएको स्वागत सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमा कुमारी खड्काले नेपाली ढाका टोपी र फुल माला लगाएर स्वागत गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष चौधरीले गाउँपालिकाको प्रशासनिक कार्यलाई चुस्तदुस्त बनाउँने कुरामा आफु विस्वश्त रहने बबताए । यो बर्ष आफनो अन्तिम कार्यकाल रहेको भन्दै प्रमुख प्रशासकिय अधिकृतले सहकार्य गरेर उपलब्धिमुलक कार्य गर्न आग्रह गरे ।

उपाध्यक्ष पिमा कुमारी खड्काले भेदभाव रहित गाउँपालिका निर्माण गरि कर्मचारी खटाउँन आग्रह गरिन । दंगीशरणलाई राम्रो दंगीशरण बनाउन अधिकृतको भुमिका मुख्य रहने भएकाले यसलाई मनन गर्दै अगाडि बढ्नुपर्ने बताइन् ।

सो अवसरमा आफनो भनाई राख्दै प्रमुख प्रशासकिय अधिकृत खड्काले कामहरु बाडफाँड गरेर काम गर्नुपर्ने बताइन । काम गर्दै गर्दा सिक्ने र सिकाउँने कार्यलाई जारी राख्दै उपलब्धिमुलक कार्य गर्नुपर्ने बताए ।

अधिकृत खड्काले जनप्रतिनिधि र कर्मचारीहरु संग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । प्रशासन शाखा प्रमुख यादव डांगीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण विपद बयवसथापन शाखा प्रमुख बालकृष्ण भण्डारीले गरेका थिए । अधिकृत खड्का विगत ३० बर्ष देखी निजामती सेवामा कार्यरत छन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १ गते बुधवार
प्रतिक्रिया दिनुहोस