प्रेस सेन्टरको शाखा गठन : अध्यक्षमा बस्नेत
दाङ । प्रेस सेन्टर नेपाल दाङले पालिका स्तरिय शाखा विस्तार अभियान सुरु गरेको छ । नयाँ नेतृत्व आइसकेपछि प्रेस सेन्टर दाङले मगंलबार तुलसीपुरमा प्रथम ऐतिहासिक भेलाको आयोजना गरि पालिका स्तरीय शाखा विस्तार अभियान सुरु गरेको हो ।
लुम्बिनी प्रदेशमा पहिलो पालिका शाखाको रुपमा गठित प्रेस सेन्टर नेपाल दाङ तुलसीपुर शाखाको अध्यक्षमा दामोदर बस्नेत (राकेश) चयन भएका छन । शाखाको उपाध्यक्षमा दीपक बोहरा, सचिबमा विकास डांगी, सह–सचिवमा सुमन केसी, कोषाध्यक्षमा भागवत भट्टराईलाई चयन भएका छन । त्यस्तै सदस्यहरुमा राजेश ओली (.रुद्र) मदन बिक (मुस्कान, देबराज कडेल, झरना केसी, बिशाल परियार, गोपाल गिरी र इश्वर बिसी चयन भएका छन ।
यसैबिच भेलामा बोल्ने सहभागीले प्रेस सेन्टर व्यावसायीक पत्रकारितामा आवद्ध पत्रकारहरुको संगठन भएकोले आफ्नो मूल्य र मान्यतामा रहेर देश र जनतालाई सूसूचित पार्ने अभियानमा आफुलाई केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस सेन्टरका संस्थापक केन्द्रिय सदस्य अजयदिप शर्माले परिवर्तनको संवाहको रुपमा सगंठनको उदय भएको बताउँदै समाजवादको सवालमा सदैव अगाडी रहेको बताए ।
यति बेला संगठन निमार्ण अभियान र महाधिवेशनको तयारीमा जुटेका छौँ, उनले भने, समावेशी मर्म अनुसार नेतृत्वको विकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ । समाजवादमा जाने प्रश्रमा उनले सबैभन्दा पहिले सविंधानका मौलिक हकहरु कार्यान्वय
न हुन जरुरी रहेको बताए । हामी मध्यान्तर अवस्थामा छौँ, उनले भने, गणतन्त्र अझै संस्थागत हुन सकेको छैन, सविंधानलाई कसरी बचाउने भन्ने खतरा बढेको छ ।
त्यस्तै उनले पछिल्लो समय पत्रकारहरु आफ्नो उद्देश्यमा अल्मलाई रहेको बताउँदै परिस्थीती अनुसार आफुलाई समायोजन गर्दै अगाडी बढ्न आग्रह गरे । सुचना दिने माध्यमहरु थुप्रै भएतापनि त्यसको प्रयोग र आम जनमानसमा त्यसले पार्ने प्रभाबबारे पत्रकारहरु सदैव चनाखो हुनुपर्ने शर्माको जोड छ ।
कार्यक्रममा नेपाल किसान महासघंका केन्द्रिय उपाध्यक्ष शेशुराम भण्डारीले माओवादी केन्द्रले बनाएका एजेण्डाकै कारण नेताहरुले देश चलाएको दावी गरे । त्यस्तै प्रेस सेन्टरका केन्द्रिय सदस्य नरेन्द्र केसी, भुपेन्द्र प्रकाश वलि, प्रकाश चौधरीले कलमजिवि पत्रकारहरु समाजवादको बहसमा केन्द्रित हुनुपर्ने बताए । सघिंयताको कार्यान्वयन सञ्चारबाटै गर्नुपर्ने उनीहरुको जोड छ ।
कार्यक्रममा प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले श्रमजिवि पत्रकारहरुको क्षमता विकास सगंसगै उनीहरुका मुद्धालाई साझा मुद्धा बनाउन सगंठन विस्तारमा लागेको बताए । उनले सञ्चार क्षेत्रको विकासका लागि सदैव प्रतिबद्ध रहेर काम गर्ने पनि बताए ।
प्रेस सेन्टर दाङका उपाध्यक्ष राकेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश निर्वाचन समिति संयोजक रामशरण चौधरी, प्रेस सेन्टर दाङका इन्चार्ज पुरन शर्मा, शाखाका सचिव जनक नेपाली, नेपाल पत्रकार महासघं दाङका कोषाध्यक्ष शरद रेग्मी, प्रेस युनियनका पुर्व अध्यक्ष शुशिल बस्नेत, प्रेस चौतारी दाङका सचिव प्रेम राम्जा, चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुन, जनपत्रकार सगंठन दाङका अध्यक्ष हेमन्तप्रकाश वलि, नेकपा माओवादी केन्द्र तुलसीपुर नगरका अध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य सघंका उपाध्यक्ष मिनराज भण्डारी, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य अमर नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस सेन्टर दाङका उपाध्यक्ष अनिता पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सहसचिव दिपक बोहोराले गरेका थिए । साथै उक्त कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंले ५ हजार सहयोग गर्ने घोषणा समेत गरेको छ ।