आर्थिक सहयोगका लागि पहल गर्छु : निर्देशक मेहता
दाङ । अन्तराष्ट्रिय परिवार नियोजन महासंघकी एदक्षिण एसिया निर्देशक सोनाम मेहताले परिवार नियोजन संघलाई आर्थिक सहयोगका लागि आफूले सक्दो पहल गर्ने बताइन् । दाङ दाङको घोराहीमा नेपाल परिवार नियोजन संघको ४१औँ केन्द्रीय सभालाई सम्बोधन गर्दै उनीले जतिसक्दो धेरै सहयोग गर्नका लागि आफूले माथिल्लो तहमा कुरा गर्ने बताइन् ।
नेपाल परिवार नियोजनले गरेको कामको प्रशंसा गर्दै प्रमुख अथितिसमेत रहेकी मेहताले कुनै खास योजना तथा सम्झौता गरेर सहयोग गर्ने प्रतिबद्धता जनाइन् । नेपालीहरुले गरेको कामले नेपाल सानो नभएर ठूलो भएको उल्लेख गर्दै उनीले तीन÷तीन वर्षको योजना बनाएर सहयोगका लागि सधै आफूहरु तत्पर रेहेको जनाइन् ।
यस्तै कार्यक्रमकी विशिष्ट अतिथि राष्ट्रियसभा सदस्य अनिता देवकोटाले नेपाल परिवार नियोजन संघमा कसैलाई पनि निषेध गर्न नहुने बताइन् । नेपाल परिवार नियोजन संघको सदस्य बन्न नपाएको गुनासाहरु आउनेको गरेको प्रति ईंगित गर्दै कसैलाई पनि निषेध गर्न नहुने उनीको भनाई थियो ।
सांसद देवकोटाले सबैलाई आफ्नो संघ हो भन्ने गरी काम गर्न पनि परिवार नियोजन संघलाई आग्रह गरिन् । ‘सबैले यो परिवार नियोजन संघ आफ्नो हो भन्ने गरी काम गर्नुहोस्,’ उनीले भनिन्, ‘कसैलाई पनि निषेध गर्ने कुरा नगर्नुहोस ।’
उनीले परिवार नियोजन संघले स्वास्थ्य क्षेत्रमा ठूलो योगदान गरेको पनि उल्लेख गरिन् । यस्तै लुम्बिनी प्रदेशका सिंचाई उर्जा तथा जलस्रोत राज्यमन्त्री अर्जुन कुमार श्रेष्ठले संस्थालाई सेवामुलक रुपमा सञ्चालन गर्न आग्रह गरिन् । जसले परिवार नियोजन संघलाई सेवामुलक रुपमा सञ्चालन गर्छ उसलाई अबको नेतृत्व दिनु पर्ने पनि उनीको भनाई थियो ।
त्यसैगरी परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमाल कसमजुले संघभन्दा ब्यक्ति ठूलो नभएको भन्दै संघलाई बलियो बनाउन सकै लाग्नु पर्ने घारणा राखेका थिए । परिवार नियोजन संघले हिजोको दिनमा धेरै काम गरेको उल्लेख गर्दै अब संस्था कसरी अगाडी बढाउने भन्ने कुरा सोच्नु पर्ने बताए ।
अध्यक्ष कसमजु
परिवार नियोजन संघको ४१औं केन्द्रीय सभाले नयाँ नेतृत्वसमेत चयन गर्ने छ । आज उद्घाटन सत्र सकेर बन्द सत्र सुरु भएको छ। जसले ४२औं नेतृत्वका लागि पदाधिकारीहरु चयन गर्ने छ । बन्दसत्रसँगै भोली कार्यक्रम सकिने छ ।