जिप दुर्घटना हुँदा चालकको मृत्यु

दाङ । प्यूठानमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिप चालक २९ वर्षका गोरख पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । बुकेनीबाट खलङ्गाका लागि छुटेको रा १ ज १९९२ नम्बरको गाडीमा मल्लरानी गाउँपालिका ३ बुकेनीमा सोमवार बिहान भएको दुर्घटना भएको हो ।
त्यस्तै दुर्घटनामा परी सहचालक घाइते भएका छन् । प्यूठान नगरपालिका ४ का १६ वर्षीय सहचालक विवेक नेपाली घाइते भएका हुन् । उनको प्यूठान अस्पताल बिजुवार उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस