इनारमा खसेर एक जनाको मृत्यु

दाङ । दाङमा एक व्यक्तिको इनारमा खसेर मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ सौडिका ५४ वर्षिय बलबहादुर विकको मृत्यु भएको हो ।
इनारमा पानी तान्नेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए। उनको घर नजिकमा रहेको सार्वजनिक इनारमा खसेर मुत्यु भएको हो ।
शवलाई इनारबाट नेपाली सेनाको रणसिंह दल गणको टोलीले निकालेको हो । करिव ६० पिट गहीरो इनारबाट मेजर धिरज खत्रीको नेतृत्वमा गएको टोलीले सिपाही सुजन खड्काले शवलाई निकालेका गणपति प्रमुख सेनानी रविन्द्र महर्जनले जानकारी दिए। शनिबार दिउँसो साढे तीन वजे इनारमा खसेका विकको शवलाई बेलुका साढे पाँच बजेपछिमात्रै निकालिएको हो ।
प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस