पङ्खाले लागेर डेढ वर्षीया बालिका घाइते

दाङ । दाङमा पंखाले लागेर डेढ वर्षीया बालिकालाई गम्भिर चोट लागेको छ ।

शुक्रबार दिउँसो करिब २ बजेतिर तुलसीपुर उपमहानगरपालिका १६ भितुरिया गीता विककी डेढ वर्षीया श्रृष्टी बिक धान ओसाउने पंखाले खेल्ने क्रममा आखाँको भाग नजिकै काट्दा घाइते भएको स्थानीय खगेन्द्र डाँगीले जानकारी दिए ।

उनको राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि भैरवा रिफर गरेको डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस