अलपत्र दोखनीको उद्धारमा हेमन्तपरका यूवाहरु

दाङ । भनिन्छ मानव सेवा नै सबैभन्दा ठुलो सेवा हो । आजभोली मानिसहरु सेवा गर्ने नाममा मन्दिरमा गई हजारौँ, लाखौ दान गर्छन् र त्यसलाई सेवाको नाम दिई समाजसेवी बन्छन् । तर दुःखमा परेका मानिसहरुलाई दुईरचार रुपैयाँ दिएर सेवा गर्नेहरु हाम्रो समाजमा कमै मात्रामा भेटिन्छन् ।

बिगत तीन दिनदेखि हेमन्तपुर वडा कार्यालय नजिकैको प्रतिक्षालयमा अलपत्र पर्दै आएकी आफ्नो नाम दुखनी चौधरी बताउने मानसिक रुपले असक्त महिलाको हिजो बेलुका उद्धार गरि मानव सेवा आश्रम तुलसीपुरमा सुरक्षित साथ उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीको रोहबर तथा हेमन्तपुरका युवाहरु गोकर्ण बहकरी, डिलाराम घिमिरे, प्रेम चौधरीको सहयोगमा उक्त महिलालाई मानव सेवा आश्रम तुलसीपुरका उर्विन सापकोटालाई बुझाईएको थियो । उक्त महिलालाई हेमन्तपुरका युवा गोकर्ण बहकरीले ३ दिनसम्म खान र लुगाफाँटा साथै नगद रु. १ हजार दिई सहयोग गरेका थिए ।

यसरी अलपत्र परेका मानिसहरुको सहयोगमा सधैभरी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ लागि रहेको र यस्ता कोहि कतैबाट १८ नं वडाका कुनैपनि ठाउँमा अलपत्र परेको नागरिकहरु देखिएमा वडा नं. १८ कार्यालयमा सम्पर्क गरे जुनसुकै समयमा भएपनि उद्धार गरि सम्बन्धित ठाउँमा पुर्याउने वडा अध्यक्ष माधव वलीले बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस