सल्यानदेखि तुलसीपुर आउँदै गरेको यात्रुवाहक जीप दुर्घटना, एक जनाको मृत्यु, १९ जना घाइते

दाङ । सल्यानको कालीमाटीबाट तुलसीपुर तर्फ आउँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन ।

मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका वडा नं. ३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आज सोमबार बिहान ९ बजे दाङको बबई २ एक्लेबर स्थित भे १ज ५२२ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

घाइते १९ जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भैई रहेको छ । जीप चालक फरार रहेको र खोजिकार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस