डुरुवा–कोठरी जोड्ने पुल ५ पाँच वर्षसम्म पनि बनेन
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १५ डुरुवा-कोट्टे डाँडा जोड्ने हापुरखोलाको पुल ५ बर्षसम्म पनि निर्माण पुरा भएको छैन । स्थानीय पृथ्वी शाहले निमाणर्ाधिन पुलको केही भाग आफ्नो निजी जग्गामा पर्ने भन्दै किचलो झिकेपछि पुल निर्माणको काम बिबादित र अन्यौंल ग्रस्त बनेको छ ।सरासर काम गरेको भए २०७५ सालमै पुल निर्माणका काम पुरा भइसक्थ्यो । तर समयमै काम नहुनु र पुल निर्माण हुने केहि जग्गा व्यक्तिको परेपछि पुल निर्माणले पूणर्ता पाउन सकेको छैन् ।
पुल समयमै मर्मत नहुदाँ स्थानीयले सास्तै भोग्दै आइरहेका छन् । स्थानीयलाई वडा कार्यालयमा जान आउन समेत निकै किठन हुने गरेको तुलसीपुर उपमहानगरपालीका १५ पहेलपारका खिमबहादुर वलीले बताउनुभयो । वर्षातको समयमा तुलसीपुर पुग्न पनि घण्टौँ समय लागेको गरेको उहाँको भनाई छ । तुलसीपुर उपमहानगरपालिकाले पनि निर्माणाधिन पुलको जग्गा शाहको निजी जग्गमा समेत पर्ने भनेर स्वीकृत गरि सकेको छ । त्यही भएर निर्माणको काम रोक्नु परेको र हापुर खोलामा पुल नहुँदा ठूलो समस्या भइरहेको तुलसीपुर-१५ वडा अध्यक्ष लक्ष्मण चौधरी बताउनुहुन्छ ।
‘पुल निर्माणको कामले पूणर्ता नपाउँदा नागरिकले सास्ती पाएका छन् ।’ उहाँले भन्नुभयो-‘पुल निर्माणलाई पूणर्ता दिनका लागि सम्बन्धित निकायमा दवाव दिँदा पनि कुनै सुनुवाई हुन सकेको छैन् ।’ यो पुल निर्माण गर्न भनेर २०७३ साल भदौ १९ गते सुर्खेतको सुर्य कन्ट्रक्सन संग १० करोड ५० लाखमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । २०७५ चैत्र १८ गते काम सम्पन्न गरि सक्नु पर्ने सम्झौंतामा उल्लेख छ ।
ठेकेदार कम्पनीले सम्झौता पछिको एक बर्षसम्म पुलको काम गरेको भएपनि त्यसपछि निर्माणको काम नभएको सडक डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी अमिर सुबेदीले बताउनुभयो ।‘सम्झौता अवधिमा पुल निर्माण भएको भए केहि हुने थिएन्, तर सम्झौता अवधिमा पुल निर्माण भएन्, करिब पाँच वर्षपछि स्थानीय पृथ्वी शाहले आफ्नो निजि जग्गामा पुल निर्माण हुन थालेको भनेपछि निर्माण प्रक्रिया अन्यौल भएको छ ।’ उहाँले भन्नुभयो-‘पुल निर्माणको लागि आवश्यक पहल भइरहेको छ ।’