थपिए १४३ कोरोना संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १ हजार ९८० र एन्टिजेन विधिबाट ३५३ जनामा परिक्षण गर्दा १४३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १४ हजार ५५८ र एन्टिजेनबाट ९४ हजार ८१७ जना पुगेको छ । यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार थप ५६३ जनाले कोरोना जितेका छन् । यससँगै कुल कोरोना जित्नेको संख्या ७ लाख ९५ हजार ३९७ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस