बंगलादेशि अन्तराष्ट्रिय ब्रान्ड स्यम्फोनि मोबाइलको दाङमा लन्चिङ

घोराहि १५ कार्तिक
दाङमा नँया ब्रान्डको मोबाइल फोनको लन्चिङ भएको छ । बंगलादेशमा उत्पादन रहेको अन्तराष्ट्रिय ब्रँन्ड स्यम्फोनि नामक मोबाइल दाङमा लन्चिङ भएको हो । आज दाङमा राप्ति अंचलको आधिकारीक बिके्रता न्यु सभियोग मोबाइल शपको आयोजनामा एक कार्यक्रम गरी लन्चिङ गरीएको हो । राप्ति अंचलको आधिकारीक बिके्रता न्यु सभियोग मोबाइल शपका संचालक भिमसेन डिसिको अध्यक्षता , म्यानेजिङ डाइरेक्टर रमेश दसौदिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा उपस्थित प्रतिष्ठीत ब्यबसायिहरुको उपस्थितिमा केक काटेर लन्चिङ गरीएको थियो भने नेपालका लागि एम्पोर्टर एपेक्स ग्रूपका नेसनल सेल्स म्यानेजरले फोन मार्फत शुभकामना सन्देश दिएका थिय ।

उक्त ब्रान्डले अहिले ३ वटा स्मार्ट फोन बजारमा ल्याएको छ । स्यम्फोनि मोबाइललाई एपेक्स गु्रपले नेपालमा इम्पोर्ट गरेको छ । निकै सस्तो भर पर्दो र टिकाउ रहेको यो मोबाइलको सबै भन्दा सस्तो मुल्य ८२३९ रहेको I32 मोडेलमा फिङ्गर प्रिन्ट , डवर क्यामरा ,फ्ल्यास लाइट ,१ जिबि १६ जिवि मेमोरी र ६.२ इन्च डिस्प्ले लगायतका सुबिधा यो मोबाइलमा रहेको छ । यस्तै atom II मोडलमा २ जिबि ३२ जिबि मेमोरी रहेको छ भने ६.५ इन्च डिस्प्ले रहेको उक्त मोडेलको बजार मुल्य ११२३९ रहेको छ ।

साथै अर्को Z33 मोडेलमा ६.५ इन्च डिस्प्ले ,३ जिवि ३२ जिवि मेमोरी फिंगर प्रिन्ट लगाएतका सुबिधा रहेको उक्त मोडेलको बजार मुल्य १३४९० रहेको आधिकारीक बिके्रताका संचालक भिमसेन डिसिले जानकारी दिएका थिय । बंगलादेशमा उत्पादन भएको स्यम्फोनि मोबाइलको पार्ट हरु सहजै पाइने र निकै बलियो रहको हुदा छिटै ग्राहकको रोजाइमा पर्ने बिश्वास लिइएको न्यु सभियोग मोबाइल शपका म्यानेजिङ डाइरेक्टर रमेश दसौदिले बताए । साथै सबै ब्यबसायिहरुलाई स्यम्फोनि मोबाइलसंग आबद्ध रही उत्कृष्ट ब्यबसाय गर्न पनि उँहाले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस