नेपालमा थप ६७२ जनामा कोरोना संक्रमण, ८ को मृत्यु
काठमाडौं । नेपालमा थप ६७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २ हजार ३२८ जनामा परिक्षण गर्दा ६७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १० हजार ८८० र एन्टिजेनबाट ९४ हजार ३०५ जना पुगेको छ ।
यस्तै, नेपालमा थप ४९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८९ हजार १२५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३८० पुगेको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक १० गते बुधवार
प्रतिक्रिया दिनुहोस