प्रेस सेन्टर दाङको अध्यक्षमा शर्मा

दाङ । प्रेस सेन्टर नेपाल दाङको अध्यक्षमा पाण्डव शर्मा चयन भएका छन् । शाखाको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा दामोदर बस्नेत (राकेश), महिला उपाध्यक्षमा अनिता पोख्रेल, सचिवमा जनक नेपाली, सह–सचिवमा दीपक बोहरा, समाबेशी सहसचिवमा राजेश चौधरी, कोषाध्यक्षमा जीवन नेपाली चयन भएका छन् ।

त्यससैगरी कार्यालय सदस्यमा गिरिराज नेपाली, सदस्यहरुमा सुमन केसी, विकास डाँगी, शान्तकुमार बुढा, भागवत भट्टराई, सन्तोष डाँगी, आभाष बुढाथोकी, उदीराम चौधरी, हेमराज नेपाली परिवर्तन, उमेश बन्जाडे, दीपक ओली, कमल कवर, पुष्पा पौडेल, अङ्गराज परियार र अस्मिता नेपाली रहेका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस