पशुु सेवा विज्ञ केन्द्र दाङको बजेट १० करोड ३१ लाख
दाङ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङले चालुआर्थिक वर्षमा पशु स्वास्थ्य र विकासमा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरि चालुआर्थिक बर्ष २०७८÷७९ का लागि प्रदेश र संघबाट आएको बजेट कार्यक्रम सार्वजनिक गरेको हो ।
चालु बर्षका लागि १० करोड ३१ लाख ७६ हजार रुपैयाँको बजेट र कार्यक्रम आएको केन्द्रका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिए । जस अनुसार मिसन कार्यक्रम, सेवा टेवा विस्तार, खाद्य तथा पोषण सुरक्षा, पशु विकास तथा स्वास्थ्य कार्यक्रम, मत्स्य विकास, स्मार्ट कृषि गाउँ, प्रधानमन्त्री कृषि आधुुनिकिकरण परियोजना एवं पशुुपंक्षि रोग विरुद्धको खोप कार्यक्रममा उक्त बजेट आएको डा. केसीको भनाई छ ।
पशुुपंक्षि तथा मत्स्य कार्यक्रम मार्फत पोषण सुधार गर्ने, आयआर्जन बढाउने, पशुपंक्षी पालनलाई व्यवसायीकरण गर्ने, किसानको क्षमता अभिबृद्धी गर्ने र बढ्दै बैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै आफ्नै गाउँठाउँमा युवालाई स्वरोजगार बनाउने उदेश्य लिएको केन्द्रले जनाएको छ ।
त्यसैगरी, प्रविधि प्रसार गर्ने, स्मार्ट पशुुपालन गाउँ बनाउने, पशुुपंक्षिमा लाग्नु रोगलाई नियन्त्रण गर्ने र किसानहरुलाई पशुपंक्षि पालनमा आकर्षित गर्दै अर्थतन्त्रलाई सम्पन्ता सँग जोड्ने गरी कार्यक्रमहरु आएको डा. केसीको भनाई छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले किसानलाई प्रोत्साहन, सम्मान गर्दै आयस्रोत बढाउने कार्यक्रम अहिलेको प्रमुख आवश्यकता भएको बताए ।
त्यसैगरी, कृषि ज्ञान केन्द्रका अधिकृत पृतुमान चौधरी, घोराही उपमहानगरपालिकाका पशुु शाखा प्रमुख जीवराज पौडेल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुुन्धरा गौतमले किसानको उत्थान र प्रबद्र्धनमा आएको बजेट कार्यक्रमको सहि सदुुपयोग हुुनुुपर्नेमा जोड दिए । किसानहरु पनि चनाखो हुुन आवश्यक रहेको भन्दै कृषी र पशुुपालनबाट पनि संबृद्धी ल्याउन सकिने तर्फ उत्साह जगाउनुु पर्नेमा उनीहरुको जोड थियो । कार्यक्रमको सहजीकरण विज्ञ केन्द्रका अधिकृत छैठौ भरतराज देबकोटाले गरेका थिए ।