अतिविपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

तुलसीपुर । किवानिज क्लव अफ राप्ती नेपालले अतिविपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवले आज ‘किवानीज वान डे’ को अवसरमा तुलसीपुरस्थित ज्ञानज्योती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रि वितरण गरिएको होे ।

क्लवका अध्यक्ष विमल पोख्रेलको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरी बहादुर विकको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शैक्षिक सामाग्री वितरण गरिएको थियो । क्लवका उपाध्यक्ष हेमन्त प्रकाश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले विपन्न विद्यार्थीलाई क्लवले सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेका छन् ।

त्यस अवसरमा विद्यालयमा नर्सरीदेखि कक्षा २ सम्मका एक सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको गरेको क्लवका जनसम्पर्क प्रमुख प्रकाश सेर्पाईलीले जानकारी दिए । कार्यक्रममा क्लवका महासचिव नवराज रेग्मी, कोषाध्यक्ष नारायण विक, सचिव गिता विक, संचार प्रमुख बंशी कुमार शर्मालगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण क्लवका सदस्य नरेन्द्र वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस