घुमुवा ब्यापार बन्द गर्न माग गर्दै मोटरसाइकल ¥याली

दाङ ।  पछिल्लो समय जिल्लामा घुमुवा व्यापारीहरू बढ्दै गएपछि तिनीहरूलाई रोक्न तुलसीपुरमा मोटरसाइकल –याली निकालेर प्रदर्शन गरिएको छ । भ्याट र पान नम्बर नलिएर ब्यापार व्यवसाय गरिरहेको भन्दा यहाँका व्यवसायीहरूले घुमुवा व्यापारीलाई तत्काल रोक्नुपर्ने माग राख्दै आइतबार प्लास्टिक व्यवसायीहरूले तुलसीपुरमा प्रदर्शन गरेका हुन ।

घुमुवा व्यापारीहरूले लुकिछिपि गाउँ गाउँमा गई व्यवसाय गरिरहेका भन्दै तत्काल उनीहरूलाई रोक्न माग गर्दै मोटरसाइकल –यालीको आयोजना गरेर प्रदर्शन गरेको प्लास्टिक उपसमितिका संयोजक घनश्याम भुसालले बताउनुभयो । उनले भने,‘ हामीले हजारौँ रुपैयाँ तिरेर सटर भाडामा लिई राज्यलाई कर तिरेर व्यवसाय गरेका छौँ । तर, बजारमा तथा गाउँघरमा विभिन्न घुमुवा व्यापारीहरूले ब्यापार गर्दै आएका छन् । न उनीहरूले राज्यलाई कर तिरेका छन्, न त सटर भाडा नै लिएका छन् ।

उनीहरूको कारण हाम्रो व्यवसायमा मारमा परेको छ । ’ त्यस्तै उनले यस्ता घुमुवा व्यापारीहरूलाई तत्काल रोक्नु पर्ने समेत माग गरे । त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे घुमुवा व्यापारीहरूलाई रोक्नको लागि आफूले पहल थाल्ने बताए ।

उनले घुमुवा व्यापारीहरूका कारण यहाँ व्यवसायीहरू मारमा परेको भन्दै यसको लागि तत्काल स्थानीय प्रहरी ,आन्तरिक राजश्व कार्यालय र सरोकारवालासँग समन्वय गरी पहल थाल्ने उनको भनाइ थियो । यसैगरी संघले सबै व्यवसायीहरूलाई तत्काल संघका दर्ता गर्न आव्हान गरेको छ । संघका अध्यक्ष चालिसे र महासचिव विनिल केसीले विज्ञप्ति जारी गरि खुला रुपमा ब्यापार गरिरहेका आम व्यवसायीहरूलाई अनिवार्य रुपमा वाणिज्य संघमा दर्ता गर्न समेत अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस