बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, २१ जना घाइते (घाइतेको नामावलीसहित)

दाङ । तुसीपुरमा बस दुर्घटना हु्ँदा एक जनाको मृत्यु भएको छ । घोराही तुलसीपुर सडक खण्डको मोतीपुरमा भएको बस दुर्घटनामा परी घोराही १० का २८ वर्षिय बसका सहचालक प्रेम परियारको मृत्यु भएको छ ।

दुर्घटनामा २१ जना घाईते भएका छन् । दुर्घटनामा तुलसीपुर १८ का ६६ वर्षिय टोपबहादुर जनैदार, राप्ती गाउँपालिका वडा नम्बर २ का १८ वर्षिय अशोक चौधरी, तुलसीपुर ८ का ५ वर्षिय चन्द्रा कुमारी चौधरी, तुलसीपुर १३ का १९ वर्षिय मनिषा विक घाइते रहेका छन् ।

त्यसैगरी तुलसीपुर १३ का २५ का किरण नेपाली, तुलसीपुर ६ मोतिपुरकी १९ वर्षिय संगीता वली, सोहि ठाउँकै २५ वर्षिय अल्फा वली, तुलसीपुर १२ का ४५ वर्षिय सरस्वती नेपाली, तुलसीपुर ७ का ३४ मीन कुमारी विक, तुलसीपुर १२ का ४३ वर्षिय सरस्वती विक घाइते रहेका छन् ।

त्यसैगरी रोल्पाको गंगादेव गाउँपालिकका ४० वर्षिय बेलमती कामी, दाङको गढवा ५ का ३० वर्षिय सीताकुमारी चौधरी, तुलसीपुर १७ का २४ वर्षिय संगिता महर, दंगीशरण ७ का १८ वर्षिय संगीता भण्डारी, तुलसीपुर १७ का ६४ वर्षिय खली नेपाली, सोही ठाउँकै ५९ वर्षिय धर्मबहादुर नेपाली, रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का ३० मनोज विक घाइते रहेका छन् ।

यसैगरी तुलसीपुर १८ दुधरासका ५२ वर्षिय कणर्बहादुर नेपाली, शान्तिनगर ६ का २६ वर्षिय उदिराम चौधरी, गढवा ५ का ६ वर्षिय बालक अन्जन चौधरी, तुलसीपुर ११ का ४० वर्षिय कमला चलाउने घाइते भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका कृष्ण पुजाराले जानकारी दिए ।

घाइतेहरु सबैको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस