दाङमा आज ७ जनामा कोरोना पुुष्टि, ७ जना निको

दाङ । दाङमा आज ७ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २५ जनाको पिसिआर परिक्षण गर्दा ५ जना पुरुष र २ जना महिला गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

घोराहीका ४ जना, तुुलसीपुरका २ जना र लमहीका एक जनामा संक्रमण देखिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यो सँगै गएको बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार एक सय ९० जना पुुगेको छ ।

यसैबिच आज ७ जना कोरोना मुक्त भएका छन् । जस अनुसार राप्तीका ४ जना, घोराहीका २ र लमहीका एक जना रहेका छन् । यो सँगै बैशाख यता कोरोना मुक्त हुनेको संख्या ८ हजार ९ सय ४५ जना रहेका छन् । अहिले दाङमा ३१ जना कोरोनाका सकृय बिरामी रहेका छन् । ति मध्य घरमा २६ जना र आईसियूमा ५ जना रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस