सल्यान दुर्घटना एक जनाको मृत्यु र सात घाइते

सल्यान । सल्यानको कपुरकोटमा भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । थारमारेबाट तुलसीपुर तर्फ आउँदै गरेको भे १ च १८९० नम्वरडबल क्यापजिप आइतबार विहान आठ बजेतिर कपुरकोट गाउँपालिका ३ मुलपानिमा दुर्घटना हुँदा बागचौर नगरपालिका १ थारमा्रे बस्ने १८ बर्षिय आषिस बस्नेतको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका उनलाई उपचारका लागि दाङको राप्ती प्रादेशिक तुलसीपुर तर्फ लयाउँदै गर्दा बाटोमै ज्यान भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

यस्तैगरी दुर्घटनामा परि जिप चालक बागचौर नगरपालिका २ बस्ने २० वर्षीय हिक्मत पुन मगर, सोहि ठाउँका १९ बर्षका अर्जुन केसी, वडा नम्वर १ बस्ने बर्ष १४ को आयुस बस्नेत, बर्ष २२ को मनोज बस्नेत, २७ कि सिता ओली, बर्ष २८ कि बबिता रावल ९रेउले०, उनकी छोरी बर्ष ११ कि एसिका रेउले घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घाईते मध्ये आयुस बस्नेत र बबिता रावललाई थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । जिप तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस