नेपाली कथानक चलचित्र मञ्जिलको च्यारीटि शो यहि कार्तिक १३ गते हुने

दाङ सहित देशका बिभिन्न प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलहरुमा छायांकन गरिएको नेपाली कथानक चलचित्र मंजिलको ‘च्यारिटि सो’ को मिति सार्वजनिक गरिएको छ । कोरोना भाइरसले थला परेको चलचित्र क्षेत्रलाई चलायमान बनाउदै लैजाने उद्धेश्यले छायांकन गरिएको यस चलचित्रको च्यारिटि सो कात्तिक १३ गते घोराहीको स्वर्गद्धवारी चलचित्र मन्दिरमा गरिने निर्माण कम्पनीले जनाकारी गराएको छ । चलचित्रको अधिकांश छायांकन दाङका धार्मिक एवं प्रर्यटकिय स्थल र केहि भाग प्युुठानको स्वर्गद्धवारी मन्दिर रोल्पा लगाएतका ठाउँमा गरिएको आज घोराहीमा पत्रकार सम्मेलन मार्फत जनाकारी गराईएको छ ।

उक्त चलचित्र तिहारपछि नेपाल भर प्रर्दशन हुने मिति तय गरीने फिल्मका प्रोडक्सन म्यानेजर नारायण नेपालले जानकारी दिनुभयो । अमर ‘यूनिक’ ईन्टरटेन्मेन्ट प्रा.लि को व्यानरमा निर्मित चलचित्रमा धिरण शाक्य, सागर खनाल, आलिशा वास्तोला, शसी शर्मा मज्गैयाँ, रोसी श्रेष्ठ,अमर घर्ती, निमा घर्ती, विजया हमाल, लोकराज पराजुुली ,कविता घर्ती, प्रकाश थापा, सुभेष नेपाल, उजेश न्यौपाने, आयुष वली, जीवा भुषाल, जगत दर्लामीलगाएतका कालाकारको अभिनय रहेको छ ।

चलचित्र सस्पेन्स प्रेम कथासँगै सामाजिक, पारिवारिक विषयवस्तुलाई समेटेर निर्माण गरिएको चलचित्रका निर्देशक सन्देश शाहले बताउनुभयो । यस चलचित्रले दाङको पर्यटन क्षेत्र संगै अन्य क्षेत्रको प्रचारप्रशारमा पनि मुख्य भुमिका खेल्ने निर्माण पक्षले बताएको छ । चलचित्रको कथा तथा स्कृप्ट माधव शर्मा, संगीत ज्ञानेन्द्र गिरी र मदन खनालको रहेको छ । त्यसैगरी चलचित्रको निर्मातामा अमर घर्ती, सहनिर्माता स्व.धनमती घर्ती,सहनिर्देशकमा महेश घर्तीमगर, प्रोडक्सन म्यानेजर नारायण नेपाल, कोरियोग्राफरमा कमल भक्त, क्यामेरा चिफमा बाबु श्रेष्ठ, भिडियो मिक्सिङ सत्यम राना, साउण्ड मिक्सिङमा मुकेश शाह र चलचित्रको व्यागराउण्ड म्युजिक महेशविक्रम पाण्डेयको रहेको छ । शन्देश शाहाको निर्देशन तथा सम्पादन रहेको उक्त चलचित्रको लगानी अमर घर्ती ‘यूनिक’ को रहेको छ । ७० लाखको लागतमा निर्माण भएको यस चलचित्र दर्शकले अत्यधिक रुचाउने अपेक्षा गरिएको निर्माण कम्पनिले बताएको छ /

///

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस