खोलाले बगाउँदा एक जनाको मृत्यु

सल्यान । सल्यानमा खोलाले बगाउँदा एक जनाको मृ‘त्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे ११ गराका ६० वर्षका लिले बूढालाई खोलाले बगाउँदा मृ‘त्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बूढा शुक्रबार दिउसो करिब साढे १२ बजेको समयमा धान काट न जाँदा संग्रही खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरी प्रमुख गोविन्द थापाले बताए ।
खोलाले बगाएका बुढालाई स्थानीयहरूले उद्धार गरे पनि मृ‘त्युभएको उनले बताए । बुढाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस