घट्टको पाइप काटेको निहुँमा हातखुट्टा बाँधेर कुटपिट

सल्यान । सल्यानमा घट्टको पाइप काटेको बिषयमा हातखुट्टा बाँधेर कुटपिट गर्ने दुइ जना पक्राउ परेका छन् । जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ५ बाँधनेमा सञ्चालित घट्टको पाइप काटिदिएको निहुँमा कुटपिट हुँदा स्थानीय जीवनबहादुर खड्का घाइते भएका हुन् । घाइते भएका उनको अहिले नेपालगञ्जमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पाइप काटेको आरोपमा कुटपिट गर्ने स्थानीय निमबहादुर खड्का र जितबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त रुपमा तीन जना युवाहरुले सञ्चालन गरेको घट्ट तीन जना मध्यकै अर्का एक युवाले पाईप काटिदिएपछि विवाद हुँदा कुटपिट भएको प्रहरीको भनाई छ ।

पाइन काट्ने उनलाई दुइ जनाले डोरीले हातखुट्टा बाँधेर कुटपिट गरेको जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस