‘मेरी आमा’

आमा
तिमी कति निस्वार्थ छौं
तिम्रो मनमा हजार पिडा छ
तर पनि मुस्कुराइ रहेछौं
हेपिएर बसेउ तिमी
अन्याय अत्याचार सहिरहेउ तिमी

त्यो अन्धकार कोठा
जहाँ तिमी चुलो धेलो गरिरहेछौं
त्यो अन्कन्टार जंगल
जहाँ घाँस दाउरा गरिरहेछौं
त्यो टाढाको कुवा
जहाँ गाग्री बोकि दिनहुँ धाइरहेछौं
त्यो चर्काे घाम अनि धुलो
जहाँ छाग टार्न गिट्टी कुटिरहेछौं
छोडौं आमा सब अब
तिमी पनि सभा समारोहमा पुग्नु पर्छ

तिमी मुखले एउटा बोलिरहेछौं
सन्तानलाई हसाउन ठगिरहेछांै
तर पनि थाह छ मलाई
तिम्रो मनमा पीडा छ
तिम्रो मनमा तितो वेदना छ
तिमी चाहेर पनि भन्न चाहन्नौ
तर पनि थाहा छ
तिम्रो मनमा दुख अनि कष्ट छ

आमा
तिम्रो अँखा अँखा हेरिरहेछु
चेहराको भाव बुझिरहेछु
तिमी अझै पनि
त्यहीँ अध्यारो रातमा अल्मलाइरहेको छौं
मन्टो तन्काएर वार पार हेरौ न
दुख पाउने हजार आमा छन
अब सब एक हुनुपर्छ
निस्वार्थ मायाको मुल भेटिए
पक्कै त्यो आमा हुनुपर्छ

आमा
कति गर्छाै घरको काम
भो छोड सब अब
बरु च्यात्तिएको चोली टालिदेउ
जेलिएको कपाल कोरौ
खिइएका नङ्ग्रा पलाउनुपर्छ
आमा कार्यक्रम चलाउनु पर्छ

उज्यालो बनाउ चेहरा
हटाउ मनको वेदना
बसौ आमा एकछिन आनन्द मनले
चुप लागेर बस्नु छैन मलाई
उकास्न मन छ
उफ्राउन मन छ
तिमिलाइ हसाउन मन छ
किनकी राम्ररी थाह छ आमा
तिम्रो पीडा मलाई

सिस्ने (३ रुकुम (पुर्ब)

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस