१२ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट, सयौं घर डुवान

बर्दिया । असोज ३१ गतेदेखि अविरल बर्षाको कारण बर्दियाको राजापुर क्षेत्रमा करिब १२ हजार हेक्टर धान बाली नस्त भएको छ । राजापुर नगरपालिकाको वडा नं. १ को टिहुनी, चनौरा, दौलतपुर र सोनपुर, वडा नं. ३ को तिघ्रा, चख्खापुर र टेढिया, वडा नं. ४ को केहि गाउँहरु र वडा नं. ७ को शंकरपुर र भालु फँटा धान बाली नस्त हुनुको साथै सयौं घरहरु दुबानमा परेका छन ।

कर्णाली नदीको पश्चिम भागमा पानिको मात्रा धेरै र उच्च बाहापको कारण ठाउँ ठाउँमा टत्बन्धन भत्किएको कारण गाउँ डुबानमा परेको हो । घर डुबानमा परेपछि मानिस र पशुचौपाया बाटोको छेउछाउमा बसेर रात काति बाध्य भएका हुन । घर डुबानमा परेपछि शरिरमा लगाएको कपडा र एक बोरा चामल बाहेक केहि पनि बचाउन नसकेको बताउँछिन् सिता थारु । एउटा कुखुरा लिएर नजिकैको क्रियचन मण्डली भवनमा रात बस्न गएको राति सर्प आएर कुखुरा मारि दिएको डरले रातभरि जागराम बसेको उनीले दुखोसो पोखछिन् ।

अन्नको भण्डार मानिने राजापुर क्षेत्रमा हजारौं हेक्टर धानवाली नस्त हँुदा स्थानीय चिन्तित छन । भएको धान वाली बढिले लगेपछि आफु के खाने, बाल बच्चालाई के खुवाउने, बाल बच्चा कसरी पढाउने, स्वास्थ्य उपचार कसरी गर्ने स्थानीयहरु चिन्तित रहेका छन । २५ कठ्ठामा खेती गरेको सबै बाढिले लगेकोले अब बर्ष भरि के खाने औषधि खर्च बच्चा बच्चिको पढाई खर्च र अन्य खर्च कसरी जुटाउने हो, उनी भन्छन् राजापुर नगरपालिका ३ तिघ्राका कृषक राकेश कुमार चौधरी । सरकारले बलियो तत्बन्ध र द्याम नबनाएको कारण ड्याम फुटेर अन्न बालि नष्ट गरेको उनको भनाई छ ।

पानीको बहाप भएको ठाउँका स्थानीयहरु बचेको धान संकलन गर्ने क्रम जारी नै रहे पनि धान पशुचौपाँयाले समेत नखाने अवस्थामा रहेको छ । दुर्गन्धीत अन्न र पानीको कारण गाउँमा विभिन्न किसिमको सरुवा रोगहरु पनि फैलिने अवस्थ रहेको छ । स्थानीय कृषकहरुको भएको क्षेतिको लगत संकलन गर्ने क्षेतिपुर्तिको लागि पहल गर्ने राजापुर नगरपालिका प्रमुख शिवप्रसाद थारुले बटाए । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारसँग पहल गरेर प्रत्य किसालहरुलाई क्षेतिपुर्ति दिने पनि बताए ।

लटराम्य पोसाएको धान आँखा अगाडिबाट बाढिले लगे पनि स्थानीयहरु दुखि भएका छन । बाढिले घर डुबाएर घरमा बस्न सकिने अवस्था छैन । घर सँगै धारा पनि माटोले पुरिएको छ साथै खाने पानीको पनि समस्या रहेको छ । बाढिको कारण राजापुर क्षेत्रमा भएको धन जनको क्षेतिको तत्काल उद्धार र राहात गर्न नसके भयावहको स्थिती सृजना हुने निच्चित देखिन्छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस