खोला जीप बगायाे

दाङ । अविरल वर्षासँगै आएको बाढीले दाङमा यात्रुबाहक जीप बगाएको छ । जीपमा सवार ५ जना यात्रुले हामफालेर ज्यान जोगाएका छन् । मंगलवार राति ५ जना यात्रु सवार जीप गढवा गाउँपालिका २ महदेवास्थित खौरा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

राति करिब ११ बजेतिर बा १७ च ५३४४ नम्बरको जीप गढवाबाट पोखरातर्फ जाँदै गर्दा खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी लिए ।

प्रहरी घटनास्थलमा पुग्नुअगावै ५ जना यात्रु गाडीबाट सकुशल निस्किसकेका थिए । ‘मानवीय क्षति भएको छैन । गाडीमा भने क्षति पुगेको छ,’ एसपी काफ्ले भने, ‘खोलामा बगेको गाडी निकाल्ने प्रयास भइरहेको छ ।’

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नर्ती र लमहीकोबीचमा पर्ने मजगाउँमा पर्यटक बोक्ने बा १ प १३३८ नम्बरको बस दुर्घटनामा परेको छ । बस चिप्लिएर सडक किनारामा पल्टिएको छ तर मानवीय क्षति भएको छैन । बसमा चालक र सहचालक मात्रै रहेको तथा यात्रु लिनको लागि जाँदै गर्दा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस