बर्षातले क्षेती गरेका कृषकहरुको धानवाली अनुगमन गर्दै : अध्यक्ष पौडेल

दाङ । अविरल बर्षाले दाङमा भित्र्याउने तयारी अबस्थामा रहेको धानवालीमा क्षति र्पुयाएको छ । बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बर्षातले क्षेती गरेका कृषकहरुको धानवालीको अनुगमन गरेका छन् ।

बबई गाउँपालिकाका बिभिन्न क्षेत्रमा काटेर राखेको धानवालीको अनुगमन गर्दै अध्यक्ष पौडेलले पानीले क्षती गरेको धानलाई सुरक्षित स्थानमा सार्न अनुरोध गरे ।

बेमौसमी रुपमा आएको पानीले कृषकको वर्षभरी मेहनतलाई क्षेती पुर्याएकोमा दुख ब्यक्त गर्दै उनले अझैपनि काटेको धानलाई सुरक्षित स्थानमा सार्दा केही मात्रामा क्षेती कम हुने बताए । उनले यस्तो बिपदको बेला छिमेकीले पनि सहयोग गर्नुपर्ने बताउँदै धान सार्न कृषकलाई सहयोग गर्न सबैमा आग्रह समेत गरे ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस