बर्षातले अन्नबालीमा क्षति

दाङ । लगातार बर्षातले तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा पनि क्षति पु¥याएको छ । वडाका २१ टोलमा किसानहरुले लगाएको अन्नबालीमा क्षति पुगेको वडा अध्यक्ष भुपबहादुर केसीले जानकारी दिए ।

काटेको धान खेतमा भिजेको छ भने कतिपय धान बगाएको किसानहरुले बताएको उनले जानकारी दिए । विघौँ धानखेतीमा बर्षाले क्षति पु¥याएको उनले बताए ।

यस्तैगरी भरखरै छरेको मसुरो र तोरीमा पनि क्षति पुगेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस