बर्षातका कारण किसानको धानवालीमा ब्यापक क्षति

दाङ । आइतबारदेखि परेको अबिरल बर्षाकाकारण देउखुरीका बिभिन्न स्थानहरुमा किसानहरुले काटेको धानवालीमा ब्यापक क्षति पुगेको छ । देउखुरीको ंगापरस्पुर, गोबरडिहा, गढवाका बालाखुटी, हाँसीपुर, वालापुर, घोराहा, सेमरी, मानपुर, मोतिपुर, झारबैरा, बोधिपुर, कान्छीगाउँ र राजपुर गाउँपालिका, राप्ती गाउँपालिका तथा लमही नगरपालिकाका बिभिन्न स्थानहरुमा किसानहरुले काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानवालीमा ब्यापक क्षति भएको पाइएको छ ।
हामी दुखी किसानको खुसी प्रकृतिले खोस्दै छ । खेतभरी धान काटेर सुकाएको बेला एकाएक पानी परेपछि धान खेतमै डुबेको छ–गढवा ६ बालाखुटीका किसान मनिराम अर्यालले भने । गढवा ७ का किसान हेमनारायण चौधरीले पनि धान काटेर खेतमा सुकाएको बेला पानी परेर सबै धान डुबेको बताए । भर्खर आलु लगाएको पानीले बिगार्याे । धान भित्राउने बेला पानी आयो । समयमा धान दाउने थे्रसर पाइएन गढवा ६ रामपुरका राजकुमार यादवले भने । दशै अघि काटेको धान पनि थे्रसर नपाउँदा भित्रायाउन नपाएर खेतमै उम्रने भयो–गढवा ६ का खुमानन्द पोखे्रलले भने । यत्तिबेला देउखुरीका किसानहरु कसैले पानीमा डुबेको धान बोकेर अग्लो ठाउँमा राख्दै छन् त कसैले पानीले बगाएको धान खेज्दै छन् ।

हाम्रो खुसी प्रकृतिले खोस्यो । बर्षभरी दुख गरेर धान काटेको बेला एकाएक पानी आयो । झण्डै एक बिगाह बढीको धान खेतमै डुब्यो । गढवा ३ गोबरडिहाका किसान रोशन कुमार चौधरीले भने । गोबरडिहाकै चञ्चला चौधरीको पनि उस्तै बेथा छ । बर्षभरीको खेति पानीले डुबाउँदा उनी निकै दुखित भएको बताए ।
खेतमै रहेको तर नकाटेको धान पनि हावाले ढालेर पानीमा डुबेको छ । नकाटेको हुनाले बगाउन त नसक्ला तर धान पानीमा डुबेपछि बिग्रीहाल्छ–गढवा ६ रामपुरका शुन्दर यादवले भने । उनीहरुको जस्तै देउखुरीको अधिकांश किसानहरुले काटेर खेतमा सुकाएको सयौं बिगाहको धानबाली नियमित परेको बर्षाका कारण खेतमै डुबेको छ भने कसैको भलले बगाउने खतरा पनि उत्तिकै छ ।

दशै मनाएर धान काट्ने योजना साँचेका अधिकांश किसानहरुको खेतमा काटेर सुकाएको धानवाली पानीले डुबाएको हो । धान दाउने थे्रसर मसिन भनेको बेला पाइन्न । सबैको धान एकै पटक पाकेको छ । जसले गर्दा दशैअघि काटेको धान पनि भित्राउन कठिन भएको हो । साना किसानहरुले आफ्नो धान दाउने मसिन आफैले किन्न सक्तैनन । काटेको धान अर्केको मसिन भाडामा लिएर दाउने बाटो हेर्दाहेर्दै अधिकांश किसानहरुले समयमै थे्रसर मसिन नपाउँदा धान बर्षात्को पानीले डुबाएको बताउँछन् ।

