दशैँको दिनपनि गाउँगाउँमा वडाअध्यक्ष

दाङ । नेपालीहरुको महानपर्व बडादशैँको अबसरमा टिकाको दिन तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष माधव वली अपाङ्गता भएका परिवारको घरमा गई उनिहरुको हालखबर बुझ्दै उनिहरुलाई दशैका लागी आबश्यक पर्ने मासु लगायतका खाद्यन्न सहयोग गरे ।
“दशैको दिन बिहानैदेखि उनिहरुको अनुहार आँखा वरिपरि आएपछि मनले मानेन र म आफ्नै पैसाले उनिहरुका लागि केहि खाद्यन्न सहयोग गरेपछि उनिहरुले पनि राम्रोसँग दशैँ मनाउलान भन्ने लागेर म यहाँसम्म सहयोग गर्न आएको हुँ । यो सहयोग हैन म उहाँहरुको अभिभावक हुँ मैले अभिभाकत्व निभाएको हुँ” ।
वलीले भन्ने मेरो वडामा कोहि पनि रोग र भोकले मर्न दिने छैन्, हामी निरन्तर जनताको सहयोगमा र बिकासको गतिमा अघि बढिरहेको भन्दै भोलिका दिनहरुमा पनि यसैगरी जनताको सेवामा निरन्तर लागि रहने प्रतिबध्दता ब्यक्त गरे । साथै उनले आफ्नो गक्ष अनुसारको दशैँ मनाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग गरि दशैँ मनाउन आग्रह गर्दै सबै वडाबासीहरुलाई बडा दशैँ २०७८ सालको शुभकामना समेत ब्यक्त गरे ।