यसपाली दशैको टिका लगाउने साईत १०ः२ मिनेटमा

काठमाडौ । नेपालीहरुको महान् पर्व विजया दशमीको मुख्य दिनको आज अघिल्नो दिन । अर्थात पुर्वसन्ध्या भएकाले हिन्दुधर्मालम्बिहरुले धुमधामका साथ मनाउँदैछन् । घटस्थापना सुरु भएदेखि बडा दशै सुरु भएको हो । आज बडादशैको नवौँ हो । गत वर्षभन्दा यस वर्ष कोरोना संक्रमणको जोखिम कायमै भएपनि संक्रमणदर भने न्युन भएकाले नागरिकहरुले सामान्य अवस्थामा जस्तै गरी यसपालिको दशै मनाईरहेका छन् ।
यस वर्ष घटस्थापनाको शुभसाइत ११ बजेर ४६ मिनेटमा तोकिएको थियो भने टीकाको दिन बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने साईत रहेको छ । उक्त समय भनेको राम्रो भएको शास्त्रविदहरुले बताएका छन् । जे काम गर्नका लागि पनि राम्रो समयबाट सुरु गर्यो भने त्यसको फल राम्रो हुन्छ ।
यस्तैगरी यसपालीको दशै टिका लगाउने साईत असोज २९ गते शुक्रवार बिहान १० बजेर ०२ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर, त्यो समयमा भ्याइएन भने पनि कुनै फरक नपर्ने समितिले बताएको छ । देवीको प्रसाद मान्यजनको हातबाट आशीर्वचन साथमा टीका लगाउने हुनाले जहिले पनि गर्न सकिन्छ । तर, सबैभन्दा पहिले सुरु गर्नको लागि राम्रो समय भनेको १०ः०२ मिनेट नै उत्तम रहेको समितिले बताएको छ ।
दशैलाई पुर्णिमा सम्म मनाउने गरिन्छ । दशै टिका दिन नभ्याउनेहरु पाँच पुर्णि सम्म मान्यजनको घरमा पुगेर आर्शिवाद लिने गर्दछन् । देवीको आराधना चाहिँ नवरात्र सकिएपछि सकिन्छ । त्यही प्रसाद पछि लगाउने प्रचलन हो ।